भारतमा कोरोना सङ्क्रमित १ करोड १ लाख ६९ हजारभन्दा बढी

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म १ करोड १ लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या १ करोड १ लाख ६९  हजार ११८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २५१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३४३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा २ लाख ८१ हजार ६६७ सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ७५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र ३० जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । भारतमा कोरोना सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४१४ जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोरोना परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले  शनिबारसम्म देशभर १६ करोड ७१ लाख ८ हजारको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १६:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया