प्रदेश १ : शेरधन राईसँग हारेका भीम आचार्य मुख्यमन्त्री बन्‍ने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै भीम आचार्यलाई भावी मुख्यमन्त्रीका रुपमा नेकपा दाहाल-नेपाल समूहले अघि सारेको छ।

आइतबार बिहान प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। दाहाल-नेपाल समूहका सांसदहरुले राईलाई बहुमतले हटाउने प्रस्ताव गर्दै आचार्यलाई मुख्यन्त्री मन्त्रीका रुपमा प्रस्ताव गरेका हुन्।  

भीम आचार्यलाई मुख्यमन्त्री बनाउन हिजो बर्खास्त मन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव गरेका थिए भने समर्थक लक्षमण तिवारी रहेका छन्। 

शनिबार मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरे लगत्तै आइतबार बिहान तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । शनिबार आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो बर्खास्त भएपछि प्रदेश १ सरकार संकटमा परेको अनुमान थियो। 

तीन मन्त्रीको सामूहिक राजीनामा लगत्तै प्रदेश १ को प्रदेशसभा सचिवालयमा प्रचण्ड-नेपाल समूहका ३७ सांसदहरुको हस्ताक्षरमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

यसअघि मुख्यमन्त्री हुने क्रममा राईले तत्कालीन नेकपा एमाले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई २ मतले पछि पार्दै प्रदेश १ को संसदीय दलको नेता बनेका थिए। प्रदेश १ का एमाले ५१ संसदमध्ये राईले २६ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी आचार्यले २४ मत प्राप्त गरेका थिए। 





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार ११:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया