कोरोना खोप लगाएका चिनियाँ कामदार नेपाल आए

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाई एक महिना आराम गरेपछि मात्रै जान दिने व्यवस्था गरिएको छ ।

सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरुले संक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दासम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ ।

यसरी चीनबाट सुरक्षा सावधानी साथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाई नेपाल आउने बाटो खुला भएको छ । कोरोना खोप लगाएका कुनै पनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्र पनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन् ।

चीनबाट यसपटक कोरोना विरुद्धको खोप लगाएका ५२ जना कामदार नेपाल आएका हुन् । थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १९:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया