प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीको टोलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको  प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीसँग प्रधानमन्त्री ओलीले आइतबार साँझ भेट गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्। 

 गुओ येझाउको टोली र प्रधानमन्त्रीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको भट्टराईको भनाइ छ । चार दिन भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले त्यसअघि आइतबार अपरान्हमै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिसकेको थियो । 

नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ दलको विभाजन भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल आएको हो । 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार ८:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया