बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान होस्टल तोडफोड गरेको आरोपमा सोही होस्टलमा बस्ने एक इन्टर्न डाक्टर र उनका साथी पक्राउ परेका छन् ।
आइतबार राति इन्टर्न रोशन यादवले होस्टलबाहिर बस्ने आफ्ना साथी केशव यादवसँग मिलेर होस्टल तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ ।
उनीहरुले रक्सी खाएर मातेर होस्टल तोडफोड गरेको बताइएको छ । घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
सप्तरी भारदह घर भएका यादव बिपी प्रतिष्ठानबाट एमबिबिएस सकेर एक वर्ष इन्टर्न कोर्स गर्दै थिए ।
तोडफोडमा संलग्न इन्टर्न यादव पटक–पटक कानुनी कारबाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।