logo-img

दोस्रो टेस्टमा भारतको सहज जित

अस्ट्रेलिया–भारत चार टेस्टको सिरिजको दोस्रो खेलमा पाहुना टोली भारत विजयी भएको छ । भारतले घरेलु टोली अस्ट्रेलियामाथि ८ विकेटको सहज जित हात पारेको हो ।

अस्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले १५.५ ओभरमा २ विकेट गुमाउदै पूरा ग¥यो । भारतका लागि सुभमान गिलले अविजित ३५ र कप्तान अजिंका राहणेले अविजित २७ रनको योगदान दिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिंसले समान १–१ विकेट लिए । 

६ विकेटको क्षतिमा १३३ रन बनाएर चौथो दिनको सुरुवात गरेको अस्ट्रेलियाले ६६ रन बनाउदा बाँकी विकेट गुमाएको थियो । उसले दोस्रो पारीमा १०३.१ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर मात्र २०० रन बनाएको थियो । 

अस्ट्रेलियाका लागि क्यामरोन ग्रिनले सर्वाधिक ४५ रनको योगदान दिए । म्याथु वेडले ४० तथा मार्नस लाबुसेनले २८ रनको योगदान दिए । मिचेल स्टार्क १४ रनमा अविजित रहे । 

भारतका लागि मोहम्मद सिराजले ३, जसप्रित बुमराह, रविचन्द्र आश्विन र रवीन्द्र जडेजाले समान २–२ विकेट लिए । उमेश यादवको नाममा १ विकेट रह्यो ।
मेलवर्न क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो पारीमा अस्ट्रेलियाले ७३.३ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर १९५ रन बनाएको थियो। 



उसका लागि मार्नस लाबुसेनले सर्वाधिक ४८ रनको योगदान दिए । ट्राभिस हेडले ३८ र म्याथु वेडले ३० रन बनाए । जोस हेजलउड ४ रनमा अविजित रहे ।  
भारतका लागि जसप्रित बुमराहले ४ रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले २ तथा रविन्द्र जडेजाले १ विकेट हात पारे । 

भारले पहिलो पारीमा ११५.१ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर ३२६ रन बनाएको थियो । उसका लागि कप्तान अजिंका राहाणेले शतकीय पारी खेले । ९९.५ ओभरमा रन आउट भएका उनले २२३ बलको सामना गर्दै १२ चौकाको मदतमा ११२ रन प्रहार गरे ।



रविन्द्र जडेजाले ५७ रनको योगदान दिए । १०६.५ ओभरमा मिचेल स्टार्कको बलमा प्याट कमिंसको हातबाट क्याच आउट भएका उनले १५९ बलमा ३ चौका प्रहार गरे । शुभमन गिलले ४५ रनको योगदान दिए । 

अस्ट्रेलियाका लागि लाथन लियोन र मिचेल स्टार्कले समान ३–३, प्याट कमिंसले २ तथा जोस हेजलउडले १ विकेट हाल पारे । एक विकेट रन आउटको रुपमा प्राप्त भयो ।  

भारतको यो जितसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट जनावरी ७ देखि सिड्नी क्रिकेट ग्राउण्डमा हुनेछ । 
 

  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया