संयुक्त राष्ट्रसंघले कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन आह्वान गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भिडियो सन्देशमार्फत सन् २०२१ लाई उपचारात्मक वर्षको रुपमा मनाउन विश्वका सबै समुदायलाई आह्वान गरेका हुन् ।
भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन् । सो अवसरमा उनले नयाँ वर्षको अवसरमा शुभकामना दिए ।
उनले भिडियोमा भनेका छन्, ‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरुको सामना पनि गरौँ ।’
सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभर १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।