सुर्खेत विमानस्थल बिस्तारको काम रोकियो

स्थानीयको अवरोधपछि सुर्खेत विमानस्थल विस्तारको काम तत्कालका लागि रोकिएको छ । विमानस्थल विस्तारका लागि लगत संकलन गर्न थालेको तीन दिनमै काम रोकिएको हो । नागरिक उड्डयन कार्यालय सुर्खेतले स्थानीयले विरोध जनाएपछि लगत संकलनको काम रोकिएको जानकारी दिएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले आयोजना प्रभावितसँग वार्ता गरेपछि मात्र लगत संकलनको काम अघि बढ्ने जानकारी दिए ।

‘प्रभावित स्थानीयले कुनै पनि हालतमा काम अघि बढ्न नदिने चेतावनी दिएपछि लगत संकलनको काम रोकिएको हो,’ प्रमुख पन्थीले भने, ‘स्थानीयले भेटेरै तत्काललाई काम रोक्नु अनुरोध गर्नुभएको छ ।

त्यसैले प्रभावितसँग वार्ता नभएसम्म लगत संकलन गर्न सक्ने अवस्था छैन ।’ वार्ताका लागि कर्णाली प्रदेश सरकार, अन्य सरोकार समिति, वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासनबीच समन्वय थालिएको छ । रात्रिकालीन तथा ठूला हवाई उडान सञ्चालनका लागि विमानस्थलको धावनमार्ग विस्तारको काम थालिएको हो ।

१ हजार २५५ मिटरको विमानस्थलको धावनमार्गलाई बिस्तार गरेर ज्ञ हजार ५५५ मिटर बनाइने छ । जसका लागि ३० बिघा क्षेत्रफल अघिग्रहण गर्नका लागि केन्द्र सरकारले स्वीकृति प्रदान गरिसकेको छ । विमास्थनल विस्तार गर्दा उत्तरतर्फ ६ सय मिटर, दक्षिणतर्फ ४ सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ २ सय मिटर क्षेत्रफल अधिग्रहण गरिनेछ ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १५:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया