२४ घन्टामा थप ५११ जना कोरोना संक्रमित, ७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ११० जनाको पिसिआर गरिएका मध्ये ५११ जनामा संक्रमण देखिएको हो ।

नेपालमा बुधबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६० हजार ५९ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८४७ पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ६ सय संक्रमित निको भएका छन् । योसँगै देशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार ३ सय जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १६:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया