सिंगापुरमा पनि कोभिड–१९ (कोरोना) विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
बुधवार बिहानबाट यहाँ कोभिड– १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो ।
यो खोप पहिलो चरणमा सिंगापुरका स्वास्थ्यकर्मीलाई दिइने जानकारी गराइएको छ । यहाँको नेशनल सेन्टर फर इन्फेक्सन डिजिज (एनआइडिसी) का स्वास्थ्यकर्मीलाई दिइने बताइएको छ । सोही किसिमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र उक्त केन्द्रका प्रशासनका कर्मचारीलाई पहिलो चरण्मा खोप लगाइने बताइएको छ ।
त्यसपछि यहाँका अन्य स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।
आगामी फेब्रुअरीबाट कम्तीमा पनि ७० वर्ष नाघेका वृद्धवृद्धालाई यो खोप दिइने जानकारी पनि यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।