पार्टीमै फर्केर आउन दाहाल-नेपाललाई महासचिव पौडेलको आग्रह

नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले अर्को समूहका दुई अध्यक्ष प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् ।

नेकपा ओली समूहले वीरगन्जमा आयोजना गरेको प्रदेश भेलामा बोल्दै पौडेलले विगतको गल्ती सच्याएर पार्टीमा आए अझै प्रचण्ड र माधव नेपालका लागि ठाउँ सुरक्षित रहेको बताए । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले पेस गरेको आरोपपत्र फिर्ता लिनुपर्ने उनको सर्त छ । 

दाहाल–नेपाल पक्षले गैरवैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गरे पनि आफूहरुले प्रचण्डलाई कार्यकारी भूमिकाबाट मात्रै हटाएको र माधव नेपाललाई वरिष्ठ नेता नै राखेको पौडेलले बताए । उनले प्रधानमन्त्रीले खुसी भएर नभई बाध्यात्मक स्थितिमा संसद विघटन गरेको बताए ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १९:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया