पोर्चुगलमा कोरोनाबाट एक नेपाली युवकको मृत्यु

कोरोनाबाट पोर्चुगलमा २७ वर्षीय एक नेपाली युवक तिलबहादुर रानाको मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगलमा रहँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित  भई आइसोलेसनमा उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोरोनाका कारण ज्यान गुमाउने उनी छैटौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको  छ । यसअघि पोर्चुगलमा कोरोनाका कारण एक नेपाली  महिलाको मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या २ पुगेको छ ।





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १४:२५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया