राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस भएको छ ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार मैनालीले सो प्रतिवेदन पेस गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।