फाइजर–बायोएनटेकको कोभिड–१९ विरुद्धको खोपलाई डब्लुएचओको अनुमति
प्रतीकात्मक तस्बिर

फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
कोरोना भाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओ​बाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।     

संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज हुने बताइएको छ । 

बेलायतले यसअघि नै फाइजरको खोपलाई अनुमति दिँदै आफ्ना नागरिकमा प्रयोग गर्न थालिसकेको छ भने अमेरिका, क्यानाडा र यूरोपेली संघमा आबद्ध कतिपय मुलुकले  पनि कम्पनीको खोप प्रयोगमा ल्याइसकेका छन् ।

डब्लूएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त गरेकी छन् । 

फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो ।

विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लूएचओले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया