जो बाइडनले जर्ज फ्लोइडकी 'छोरी'सँग घुँडा टेकेर माफी मागेकै हुन्?

अमेरिकी राष्ट्रपति जो बाइडनले अहिलेसम्म पदभार ग्रहण गरिसकेका छैनन्। अर्थात् अझैसम्म ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई कार्यभार सुम्पिसकेका छैनन्। राष्ट्रपति निर्वाचनमा भारी मतसहित विजयी उनले यही जनवरी २० तारिखमा ह्वाइट हाउसमा पदभार ग्रहण गर्दैछन् 

उनले औपचारिकरुपमा पदभार ग्रहण गरिनसकेको अवस्थामा अहिलेलाई डोनाल्ड ट्रम्प नै अमेरिकी राष्ट्रपतिको भूमिकामा छन्। 

अमेरिकी  राष्ट्रपति जो बाईडेनले २०१९ मे २५ मा श्वेत प्रहरीले घाँटी थिचेर हत्या गरिएका अश्वेत जर्ज फ्लोइडकी छोरीसँग घुँडा टेकेर माफी माग्दै गरेको भनेर सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ।

सामाजिक सञ्जालमा नेपालीहरुले पनि त्यो फोटोको प्रशंसा गर्दै धमाधम सेयर गरिरहेका छन्। पदभार ग्रहण गरेर औपचारिक रुपमा कार्यकाल सम्हाल्नै बाँकी रहेको अवस्थामा जो बाइडन जर्ज फ्लोइडकी छोरीसँग माफी माग्न पुगेकै हुन् त? 

वास्तविकता यस्तो 



जो बाइडनले जर्ज फ्लोइडकी छोरीसँग भेटेको भन्दै सार्वजनिक भएको फोटो गलत हो। बाइडने घुँडा टेक्दै भेटेका बालिका होइनन् बालक हुन्। उनको नाम हो सिजे ब्राउन। 

उनीहरुको यो भेट बाइडनको चुनावी अभियानका क्रममा भएको हो। दुईजनाबीच सेप्टेम्बर ९ मा भेट भएको थियो। उनी त्यसबेला राष्ट्रपति पदका उम्मेदवार थिए विजयी भइसकेका थिएनन्। 



यो वास्तविकता गुगलसहितका सर्च इन्जिनमा खोज्दै जाँदा पत्ता लाग्यो। यो फोटो सबैभन्दा पहिले सन् २०२० सेप्टेम्बर १० तारिखमा रोयटर्सका उत्तर अमेरिका सम्पादक कोर्रिने प्रेकिन्सले ट्विट गरेकी थिइन्। 

उनले यो फोटो ट्विट गर्दै भनेकी छन्, 'आफ्नो नातिका लागि 'थ्री थर्टिन' सपिङ स्टोरमा पुगेका बेला अचानक भेट भएपछि राष्ट्रपतिका उम्मेदवार बाइडन बालक सिजे ब्राउनसँग गर्दै', उनले यस्तो क्याप्सनमा उक्त फोटो ट्विट गरेकी थिइन्। 

जो बाइडन आफैंले पनि सेप्टेमबर १५ मा उक्त तस्बिर इन्स्टाग्राममा पोस्ट गरेका छन्। 'निरन्तर संघर्षका लागि हामीलाई यी बच्चाले लगातार याद दिलाइरहन्छन्', उनले भनेका छन्, 'हामीले यस्तो अर्थव्यवस्था बनाउन जरुरी छ, जसले उनीहरुका परिवारलाई एउटा शानदार जीवन दिन सकियोस्।'

उनले ब्राउनसँगको भेटमा प्रणालीगत जातिवादलाई जराबाटै उखेलेर फाल्न जरुरी रहेको बताएका थिए। चुनावी अभियानका क्रममा उनले अन्य देशको तुलनामा अमेरिकालाई न्यायपूर्ण देश बनाउने बाचा पनि गरेका थिए। 

गत जुन ८ मा जर्ज फ्लोइडकी छोरी भेट्दै बाइडन

'हामाीले जलवायु परिवर्तनविरुद्ध लड्नुपर्ने आवश्यकता छ। ताकि हामीले ब्राउन जस्तै बच्चाहरुलाई यो दुनियाँ छाड्न सकौँ', उनले भनेका थिए, 'म हाम्रा बच्चाका लागि उत्कृष्ट भविष्यमा विश्वास गर्छु, अन्तिमसम्म पनि म यसका लागि लडिरहनेछु।'

जुन ८ मा भेटे फ्लोइड परिवार 

बाइडनकै इन्स्टाग्राम पोस्ट अनुसार अहिले भाइरल भइरहेको फोटो चुनावी अभियानकै क्रममा खिचिएको हो। जो बिडेनले जर्ज फ्लोइडको परिवारलाई जुन ८ मै हट्सनमा भेटेका थिए। उनले त्यसबेला वर्ण तथा अन्य कुनै आधारमा हुने जातिवादलाई परास्तर गरिसक्ने बताएका थिए। 

त्यसयता उनले जर्ज फ्लोइड परिवारलाई भेटेका छैनन्। यस्तोमा फ्लोइडकी छोरीको फोटो भन्दै नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि बालक सिजे ब्राउनलाई भेटेको फोटोलाई जर्ज फ्लोइडकी छोरीसँग भेटेको भन्दै भाइरल बनाइरहेका छन्। त्यस फोटोमा मानिसहरुले बाइडल महान् मन भएका मानिस भन्दै प्रशंसाका शब्द बर्साइरहेका छन्। 

जर्ज फ्लोइडकी छोरी

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १३:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया