कर्णाली उत्सवको दोस्रो संस्करण आउँदो फागुनमा

कर्णाली उत्सव ‘कुडा कर्णालीका’ को दोस्रो संस्करण आउँदा फागुन २७ गतेबाट सुरु हुने भएको छ । ऋति फाउन्डेसनले वीरेन्द्रनगर सुर्खेतले फागुन २७, २८ र २९ गते पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा उत्सव हुने बताएको छ । फाउन्डेसनले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गरेर धेरै दर्शकको प्रत्यक्ष सहभागिता गराउने तर्फ ध्यान केन्द्रित हुने बताएको छ । यदि फागुनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा अभौतिक रूपमै भए पनि उत्सवलाई निरन्तरता दिने बताएको छ । 

आयोजक समितिका संयोजक तथा ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले विभिन्न व्यक्तिहरू, सरकारी तथा गैरसरकारी निकायहरूसँगको सहकार्यमा कर्णाली उत्सव सञ्चालन गर्न लागिएको जानकारी दिए । उत्सवमा देशभरमा गरेर ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार तथा अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहने अध्यक्ष लम्सालको भनाइ छ । 

कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी यहाँका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक एवम् पर्यटकीय महत्त्वलाई राष्ट्रिय रुपमा परिचित गराउनका साथै कर्णालीलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । ‘पहिलो संस्करणले हामीलाई एक प्रकारको ऊर्जा दिएको छ,’ अध्यक्ष लम्सालले भने, ‘यो कर्णालीको समृद्धिका खातिर सार्थक बहसको नियमित शृंखला हो । यसमा साहित्यका कुरा मात्र नभएर समग्र कर्णालीलाई फोकस गरिनेछ ।’

 ऋति फाउन्डेसनले वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर ः वसन्त भण्डारी÷फरकधार । 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १६:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया