कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात

पश्चिमी वायुको प्रभावले मौसम बदलिएसँगै कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा बाक्लो हिमपात सुरु भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात भएपछि किसान बाली राम्रो हुने भन्दै खुसी भएका छन् । भने अन्य संघ संस्था, व्यापार व्यवसाय सञ्चालन गर्न गाह्रो भएको बताएका छन् । 

अत्यधिक हिमपातका कारण हिमाली जिल्लामा हवाई सेवा समेत प्रभावित भएको छ । हुम्लामा तारा एयरका विमान विमानस्थलमै रोकिएका छन् । सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले आइतबारबाट भएको खराब मौसमका कारण विमान उड्न नसकेको जानकारी दिए । कर्णालीका हिमाली जिल्लाहरू, हुम्ला, डोल्पा, जुम्ला, मुगु तथा माथिल्लो पहाडी भेगका कालिकोट, दैलेख, जाजरकोटका केही भू–भागमा हिमपात भएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १५:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया