४०३ जनामा कोरोना संक्रमण, ५९४ मुक्त

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ४०३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८५ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर गरिएको थियो 

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।   

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ । यसमध्ये १ हजार ७७४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५९५ रहेको छ। हालसम्म निको भएका संक्रमितको संख्या २ लाख ५५ हजार ८८ रहेको छ । 

अहिले आइसियूमा २०९ जना र भेन्टिलेटरमा ३४ जना संक्रमित उपचाररत छन् । २४ घण्टामा मृत्यु भएका  संक्रमितको संख्या ७ रहेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १८८५ पुगेको छ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १६:२७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया