चिनियाँ राष्ट्रपतिसँगको विवादपछि दुई महिनादेखि गायब छन् अलिबाबाका ज्याक मा
फरकधार / २० पुस, २०७७
यो सामग्री सेयर गर्नुहोस्

चीनका सबैभन्दा धनी व्यक्ति तथा अलिबाबा ग्रुपका संस्थापक ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता भएका छन् । ज्याक मा पछिल्ला दुई महिना यता कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 



मिडिया रिपोर्ट्सहरुका अनुसार ज्याकमाले अक्टोबरमा दिएको एक भाषण चीनमा निकै विवादित भएको थियो । त्यहाँको वित्तीय नियामकहरुले ल्याएका संशोधनको विषयमा ज्याक माले आलोचना गरेका थिए । 



यही आलोचनाका कारण उनको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि विवाद भएको बताइएको छ । यही विवादपछि उनी दुई महिना देखि कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 



अर्कोतिर अब चिनियाँ सरकारले पनि अलिबाबा ग्रुपको एकाधिकारबारे विभिन्न कोणबाट सोचिरहेको र आवश्यक परे अब कारवाही गर्ने बताएको छ । 



ज्याक माले अहिले त कतिसम्म गायब छन् भने उनले नै बनाएको टिभी सो अफ्रिकाका बिजनेस हिरोमा पनि उनी देखिएका छैनन् । कार्यक्रममा उनको ठाउँमा अरु नै कसैलाई पठाइएको छ । तर, यसबारे अहिलेसम्म आधिकारिक रुपमा केही आएको छैन ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २०:५८:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया