भारतीय जंगलमा काठ काट्न गएका एक युवा गोली लागी घाइते
वनपालेले गोली चलाएको हुन सक्ने प्रहरीको आशंका
फरकधार / २२ पुस, २०७७

कञ्चनपुर दोधारा–चाँदनी नगरपालिका–१ क्षेत्रमा सोमबार राति भारतीय सीमा क्षेत्रमा १८ वर्षीय युवा नरेस सुनारमाथि गोली प्रहार भयो । यस घटनालाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले युवाको समूह भारतीय जंगलमा काठ चोर्न खोज्दा भारतीय पक्षले गोली चलाएको जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीका अनुसार नेपाली तीन जना युवाको समूह भारतीय सीमा क्षेत्रमा काठ काट्ने क्रममा भारतीय पक्षले युवकको समूहमाथि गोली चलाएको अनुसन्धानमा देखिएको हो । वनपालेलाई देखेर भाग्दै गरेका युवामाथि गोली प्रहार गर्दा नरेश सुनारलाई गोलीको छर्रा लागेको नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक बयानमा गोली लागेर घाइते भएका सुनारले भने सुरुमा सामान किन्न भारत गएको बेला फर्कने क्रममा गोली लागेको बताएका थिए । ‘पछि सुनारसँगै गएका दीपक धामी र बब्लु चन्दसँग बुझ्दा सामान किन्न नभई काठ काट्न गएको खुलेको छ’, थापाले बताए । 



सुनारसँगै काठ काट्न गएका युवासँग गरिएको सोधपुछलाई मात्रै आधार नमानेर फिल्ड अवलोकन र निरीक्षण गर्दा एउटा रुखमा काट्दै गरेको आरा भेटिएको थापाको भनाइ छ ।



  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १२:४४:१३,   अन्तिम अपडेट : पुस २२, २०७७ बुधबार १३:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया