नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने विश्व बैंकको अनुमान

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमै सीमित रहने अनुमान विश्व बैंकको छ । यसअघि पनि विश्व बैंकले चालु आर्थिक बर्ष २०७७\७८ (सन् २०२०–२०२१) मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमै सीमित हुने अनुमान गरेको थियो ।

नेपालमा विश्व बैंकले अघिल्लो आव २०७६\७७ (२०१९–२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । नेपाल सरकारले भने पछिल्लो आर्थिक बर्षको वृद्धि डर अहिलेसम्म सार्बजनिक गरेको छैन । प्रधानमन्त्री ओलीले भने नेपाल विश्वका १० धेरै आर्थिक वृद्धि दर भएका देशमध्ये शीर्ष स्थानमा रहेको भाषण गरिरहेका छन् ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’मार्फत विश्व अर्थतन्त्रको नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले कोरोना महामारीबीच पनि विश्व अर्थतन्त्र सन् २०२१ मा ४ प्रतिशतको बढ्ने अनुमान गरेको छ । कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अनुमान पनि विश्व बैंकको छ । 
 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १३:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया