प्रधानमन्त्री ओली पूर्वराजा जसरी नै बिदा हुन्छन् : डा. मीनेन्द्र रिजाल
फरकधार / २२ पुस, २०७७

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्तामा आएपछि नियम–कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको दाबी गरेका छन् ।



नेकपा दाहाल–नेपाल पक्षले बुधबार गरेको अन्तर्क्रियामा बोल्दै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पनि पूर्वराजा ज्ञानेन्द्रजसरी नै जस्तै बिदाइ हुने ठोकुवा गरे । 

नेता रिजालले सरकारले घोषणा गरेको चुनाव वैशाखमा नहुने पनि बताए । सोही बुझेर नै कांग्रेस आन्दोलनमा उत्रिएको उनले बताए । 

सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु कहिल्यै प्रतिगमनको पक्षमा नजाने प्रतिबद्धता जनाए । जसपा सधैँभरि अग्रगमनको पक्षमा रहने उनको दाबी थियो । 



  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १९:३९:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया