बस भेरीमा खस्दा एक जनाको मृत्यु

छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले नजिकैबाट भेरी नदीमा बस खसेको छ । दाङबाट सुर्खेतको बोटेचौर हुँदै सल्यानको सल्लिबजार जाँदै गरेको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवक्ता डिएसपी राम प्रसाद घर्ती मगरले जानकारी दिए ।

नदीमा बस डुबेकाले गाडी नम्बर र कति जना सवार यात्रुहरु थिए भन्ने बारे एकिन नभएको डिएसपी घर्तीले जानकारी दिए । ‘दुर्घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय बोटेचौर र मेहलकुना घटनास्थलतर्फ गइरहेका छन्,’ प्रवक्ता घर्तीले भने, ‘प्रहरी पुग्ने बित्तिकै थप विवरण आउँछ ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १६:४१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया