दाङ पुगेर चित्रबहादुरले भने– जनाधिकार स्थापित गर्न सशक्त संघर्ष आवश्यक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनाधिकारको स्थापित गर्नका लागि सशक्त संघर्ष खाँचो रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार दाङको घोराहीमा आयोजना गरेको अन्तत्र्रिmयामा सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । 

‘प्रतिनिधिसभा विघटन ः असंवैधानिक तथा प्रतिगामी कदम’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनाधिकार अपमान गरेकाले त्यसलाई सच्याउन प्रतिनिधिसभाको पुुनःस्थापना एक मात्र विकल्प भएको बताए ।

प्रधानमन्त्री ओलीले पदीय मर्यादा र गरिमालाई ख्याल नगरी अलोकतान्त्रिक कदम चालेको उनको ठहर थियो । संसद विघटनको कदम संविधानको बर्खिलापमा भएको दाबी गर्दै उनले भने, ‘जनाधिकारको अपमान जनताले अस्वीकार गर्दै पुनःस्थापित गरेका इतिहास थुप्रै छन् । त्यो ओलीले भुल्न सक्छन् ।’

जनताले सडकबाटै प्रतिनिधिसभा पुनःस्थापित गर्ने दाबी गर्दै उनले ओलीले संसद पुुनःस्थापित हुँदैन भनेर डर–धम्की देखाएको उनले बताए । न्यायालयले जनतालाई न्याय दिलाउनेमा उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओली एउटा व्यक्तिले देशलाई डुबाउन खोज्दैमा देश डुुब्न नसक्ने भन्दै उनले अब देशलाई बनाउन सबै एकजुट भई संघर्षमा उत्रिनुपर्ने सुझाब दिए । उनले थपे, ‘हामी बीचमा मत–मतान्तरण होला, तर राष्ट्रियताको सवालमा सबै एकजुट भएर जनतन्त्रको सबालमा सबै गम्भीर बन्नुपर्छ ।’ 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका दाङ इन्चार्ज जीवन गौतमले ओलीको तानाशाह प्रवृत्तिले मुुलुक दलदलमा फसेको बताए । प्रधानमन्त्री ओलीले मुलुकलाई बाह्यशक्तिको इशारामा संविधानको अपमान हुने गरी अस्थिरताउन्मुख गराउन लागेको उनको भनाइ थियो । 



कार्यक्रममा समालोचक डा. अमर गिरीले प्रतिनिधिसभा विघटन आन्तरिक कलहको रुप नभई बाह्यशक्तिको इसारामा भएको दाबी गरे । सो कदम मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र राष्ट्रिय अस्थिरतामाथिको प्रहार रहेको भन्दै उनले यसको सशक्त प्रतिवाद अहिलको आवश्यकता रहेको भनाइ राखे ।  

वरिष्ठ अधिवक्ता वामदेव शर्माले प्रतिनिधिसभा विघटनको अधिकार संविधानले कतै पनि प्रधानमन्त्री ओलीलाई अधिकार नदिएकाले यो व्यक्तिवादी अहमताको सिर्जित घटना रहेकाले संविधानको अपमान गर्ने व्यक्तिलाई कानुनी सजायको भागिदार बन्नुपर्ने बताए  । 



कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य दामा शर्मा, नेकपा दाङ सह–इन्चार्ज निर्मल आचार्य, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लुम्बिनी प्रदेशका सचिवालय सदस्य लक्ष्मण आचार्य, वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्याब्सन नेपालका केन्द्रीय सल्लाहकार अरुणकुमार शर्मा, नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्रप्रकाश वली, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष प्रेम वली, जिल्ला बार एसोसियनसन दाङका अध्यक्ष शिवप्रसाद घिमिरे लगायतले आ–आफ्ना सुझाब दिएका थिए । 
 

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १९:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया