पुँजीगत खर्च गरी पालिकामा विकासको लहर ल्याउन आग्रह
फाइल फोटो

विशेष प्राथमिकता दिएर स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् । 

अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जू र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहमा पूँजीगत खर्च बढाउने गरी काम गर्न  अर्थमन्त्री पौडेलले अनुरोध गरेका हुन् ।

स्थानीय तहमा पुगेको अधिकांश रकम खर्च हुन सकेको भन्दै अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकामा विकासको थप लहर सृजना गर्नुपर्ने बताए । 

यसैबीच छलफलमा अर्थमन्त्री पौडेलले कोभिड १९ को प्रभावबाट जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अध्यक्षहरूलाई आग्रह गरे । साथै,  प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सृजना गर्नुपर्ने पनि उनको भनाइ थियो ।

भेटका क्रममा अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्नु जरुरी रहेको बताएका थिए ।
 





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १५:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया