पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न जाँदा प्रहरीसँग झडप

काठमाडौं : सिंहदरबारको पश्‍चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न हिँडेको समूह र प्रहरीबीच भद्रकालीमा झडप भएको छ। सोमबार दिउँसो पृथ्वीनारायण शाहको  जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जम्मा भएको भीड र प्रहरीबीच झडप भएको हो।

राष्ट्रिय झण्डासहित जम्मा भएको ठूलो समूहले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। नेपाल एकीकरण गरेका पृथ्वीनारायणको शालिक अगाडि जान खोजेको उक्त भीडलाई रोक्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको छ।

सिंहदरबार मूलगेट अगाडितर्फ ठूलो भीड अघि बढिरहेको छ। त्यहाँ पटक पटक प्रहरी र उक्त भीडबीच झडप भइरहेको छ। प्रहरीले बल प्रयोग गर्दै रोक्न खोजे पनि भीड अघि बढेको छ। 

प्रहरीले रोक्न खोजेपछि उक्त समूहमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका छन्। हजारौंको संख्यामा रहेको भीडलाई निषेधित क्षेत्रतर्फ अघि बढ्न नदिने प्रयास प्रहरीले जारी राखेको छ। 

पृथ्वीनारायणको जन्मजयन्ती मनाउन पुगेकाहरु




 



  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १३:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया