कोरोना खोपका लागि १ अर्ब डलर जुटाउने बेलायतको घोषणा
फाइल फोटो

जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरस विरुद्धको खोप आपूर्तिको व्यवस्था मिलाउन बेलायतले १ अर्ब डलर जुटाउने बताएको छ । यो रकम विश्वका विभिन्न दाताबाट संकलन गरी रकम जुटाइने बेलायत सरकारले जनाएको छ ।

अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोषमा राख्ने पनि बेलायत सरकारले बताएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । 

क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ । 

बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ ओटा विकासशील मुलुकका लागि कोषबाट १ अर्ब थान कोभिड–१९ को खोप वितरण गरिने छ ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले जारी गरेको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताएका छन् । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार बेलायती विदेश मन्त्री राब र प्रधानमन्त्री बोरिस जोन्सनसँग भेट्ने  कार्यक्रम रहेको छ ।
 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १४:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया