बाबुआमा बने विराट र अनुष्का

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा बाबुआमा बनेका छन् । 

अभिनेत्री अनुष्काले आज छोरीलाई जन्म दिएकी हुन् । यो उनीहरुको पहिलो सन्तान हो ।

भारतीय क्रिकेट टिमका कप्तान कोहलीले ट्वीट गर्दै अनुष्काले छोरी जन्माएको र आफू पिता बनेको जानकारी दिएका हुन् ।

अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा सोमबार दिउँसो छोरीको जन्म दिएकी हुन् । 

‘आज दिउँसो हाम्री छोरी जन्मिएकी छन् यो जानकारी गराउन पाउँदा हामी दुईलाई निकै खुसी लागेको छ,’ विराटले ट्वीटरमा लेखेका छन्, ‘तपाईँहरुको माया र शुभकामनाका लागि आभारी छौँ । अनुष्का र छोरी दुबैको स्वास्थ्य ठिक छ । जिन्दगीको यो नौलो अध्याय अनुभव गर्ने सौभाग्य पनि हामीलाई प्राप्त भएको छ, जसबाट हामी निकै खुसी छौँ ।’

विराट–अनुष्का पिता माता बनेको समाचार भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ प्रकाशित गरेका छन् ।



केही दिनयता एक ज्योतिषले उनीहरुको घरमा छोरीको जन्म भनी गरेको भविष्यवाणीको पनि निकै चर्चासमेत भएको थियो ।



  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १६:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया