निर्वाचनको तयारी थाल्न सुरक्षा निकायहरुलाई गृहको निर्देशन

गृह मन्त्रालयले सोमबार अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बैठक सम्पन्न गरेको छ । 

बैठकपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको माहोल बनिरहेको जनाउँदै निर्वाचनका लागि तयारी थाल्न सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।  

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गरेको गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् । 

प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । 





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार २०:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया