अमेरिकामा रहेका नेपालीले सम्झिए पृथ्वीनारायण शाहलाई
शाहले भौगोलिक एकीकरण मात्र नभई सामाजिक सांस्कृतिक जग समेत बसाए : कमल थापा

शाहले भौगोलिक एकीकरण मात्र नभई सामाजिक सांस्कृतिक जग समेत बसाए : कमल थापा   

अमेरिकामा बस्ने प्रवासी नेपालीले पृथ्वीनारायण शाहको सम्झनामा एक कार्यक्रमको आयोजना गरेका छन् । प्रबासी नेपाली एकता समाज (पानस) अमेरिकाले मंगलबार राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदान विषयक भर्चुअल अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र भूमिकाको स्मरण गर्दै दक्षिण एसिया महाद्वीपमा ब्रिटिस साम्राज्य विस्तार अभियानलाई रोकी बाइसे चौबीसे राज्यलाई जोडेर विशाल नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरे ।

पृथ्वीनारायण शाहले भौगोलिक मात्र नभई सामाजिक साँस्कृतिक एकीकरणको पनि जग हाल्ने महत्त्वपूर्ण काम गरेको उनको कथन थियो ।

नेपालको धार्मिक साँस्कृतिक पहिचान संकटमा पर्दै गएकाले जो जहाँ बसे पनि राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रले सार्वजनिक बिदा दिनुपर्ने, नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्ने थापाको माग छ ।



कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की, प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष राजेन्द्र शेरचन, राप्रपा कार्यसम्पादन सदस्य द्वय विजय खडका, प्रेमकुमार श्रेष्ठ ,केन्द्रीय सदस्य लोक तिवारी महावाणिज्यदूत प्रेम राजा महत, ऋषि ढकाल, ह्यारि भण्डारी, जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, प्रवासी एकता मञ्चका टेकराज गुरूङ, प्रभु थापा, अधिवक्ता खगेन्द्र जिसी, एनआरएनए आईसिसी उपाध्यक्ष रविना थापा, म्यासाचुसेट अध्यक्ष प्रेम तमाङ, राधाकृष्ण देउजा लगायतका व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए ।



  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १५:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया