देशभर ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको म‌ृत्यु
काठमाडौं उपत्यकामा २५९ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ४३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा ४३० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २५९ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५९ हजार ३५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९३२ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १६:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया