महामारीपछि लयमा फर्कँदै आर्थिक अवस्था, ५४ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा
फाइल फोटो

कोरोना महामारीपछि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै उद्योग व्यवसायमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव नियन्त्रण गर्न सरकारले गत वर्ष चैत ११ देखि नेपालभर लकडाउनको घोषणा गरेको थियो । करिव ८ महिनापछि खुलेको लकडाउनपश्चात विस्तारै जनजीवन सामान्य भएसँगै व्यवसाय संचालनमा आउन थालेका थिए । सोही कुरालाई दृष्टिगत गरी राष्ट्र बैंकले पुनरावृत्ति अध्ययन गरेको थियो ।

‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ सार्वजनिक गर्दै केन्द्रीय बैंकले ५४ प्रतिशत व्यवसाय पूर्ण रुपमा संचालनमा आएको जानकारी दिएको हो ।

यसअघि राष्ट्र बैंकले गत जेठ २६ देखि असार १० सम्म गरेको एक अध्ययनमा ६१ दशमलव शुन्य ३ प्रतिशत उद्योग व्यवसाय संचालन हुन नसकेको उल्लेख गरेको थियो । यस्तै, उक्त अवधिमा ४ दशमलव १ प्रतिशत उद्योग व्यवसायमात्र पूर्ण रुपमा संचालनमा रहेको समेत प्रतिवेदनमा उल्लेख थियो ।

हाल महामारीको प्रभाव कम भएको र  जनजीवन सामान्य भएको भन्दै पुनः कात्तिक १३ देखि मंसिर २४ सम्म अध्ययन गरेको थियो । जनजीवन सामान्य भयसँगै ५४ प्रतिशत उद्योग व्यवसाय पुर्ण संचालनमा आएको र २८ दशमलव ७७ प्रतिशत रहेको उत्पादन, कारोबार स्थितिसमेत बढेर ५० दशमलव ५१ प्रतिशत पुगेको नयाँ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार हाल रोजगारीको अवस्थामा समेत सुधार आई ७७ दशमलव ५० प्रतिशतबाट बढेर ८७ दशमलव ५१ प्रतिशत पुगेको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १३:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया