अष्टलक्ष्मीको आक्रोश : केपी ओली  कमरेड होइनन्, प्रतिगामी हुन्

काठमाडौं : नेकपा (दाहाल-नेपाल) समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामीको संज्ञा दिएकी छन्। दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

'केपी ओली कमरेड होइनन्, प्रतिगामी हुन्, उनी तानाशाही र स्वेच्छाचारी नेता हुन्। केपी ओलीले संविधानमाथि धावा बोले', उनले भनिन्, 'ओलीले अहिले गणतन्त्र अपहरण गरेको छ। त्यस्तो व्यक्तिलाई अब हामीले किन कमरेड भन्‍ने हो? उहाँ प्रतिगमनकारी नेता हो।'

केपी ओली कम्युनिष्ट विचार र आचरणविरोधी देखिएका बताउँदै शाक्यले ओलीमा एक रत्ति पनि कम्युनिष्ट सोच र विचार नरहेको पनि जिकिर गरेकी छन्। 

शाक्यले  काठमाडौंबासीले ओलीलाई आन्दोलनमार्फत देखाइदिने पनि बताइन्। 'काठमाडौंबासीले ओलीलाई देखाउन बाँकी छ। काठमाडौं तातेपछि जहिले पनि  निर्णायक हुन्छ। तानाशाही केपी ओलीविरुद्धको आन्दोलन निर्णायक तहमा पुग्न धेरै समय लाग्दैन', उनले भनिन्, 'उहाँले कुर्सीबाट झर्नैपर्छ र झारेर छाड्छौं। उहाँबाट मनपरी भएको छ। यो सबै कुराबाट अन्त्य गर्नका लागि अझै आन्दोलन सशक्त बनाउने गरी जान्छौं।'

शाक्यले काठमाडौंबासीले कहिले पनि निरंकुश र एकात्मक व्यवस्था नपचाएको उनले बताइन्। त्यसैले अब काठमाडौंबासी तातेर सडकमा आउनैपर्नेमा उनले जोड दिएकी छन्।

काठमाडौं नतातेकोमा चिन्ता



शाक्यले ओलीविरुद्धको आन्दोलनमा काठमाडौंबासी नतातेकोमा चिन्ता जनाइन्। 'काठमाडौं किन तातेन होला? काठमाडौं अझै नजागेको देख्दा अचम्म लागेको छ। प्रतिगमविरुद्ध काठमाडौं तात्नु जरुरी छ', उनले भनिन्, 'काठमाडौं कि तात्दै तात्दैन तातेपछि सेलाउनै गाह्रो हुन्छ। आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउन बलिदान दिन तयार छ काठमाडौं। काठमाडौं तातिसकेको महसुस गरिसकेको छु।'



  • प्रकाशित मिति : पुस २९, २०७७ बुधबार १४:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया