२५ प्रतिशत मात्रै भन्सार काटेको ६ लाखको कपडा बरामद

सशस्त्र प्रहरी प्रदेश २ ले परिमाणभन्दा कम सामानको भन्सार काटेर ल्याएको सामान बरामद गरेको छ ।

ल्याइएका सामानमध्ये २५ प्रतिशतको मात्रै भन्सार काटेर ल्याएको कपडा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

भारत विहार जटही–जनकपुर नाकाबाट ६ लाख रुपैयाँ बराबरको साडी बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश २ ले जनाएको छ ।

बरामद गरिएका राजस्व छलीका समान थप कारबाहीका लागि राजस्व विभाग पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो एक महिनामा सशस्त्र प्रहरीले २ नम्बर प्रदेशबाट साढे चार करोड मूल्य बराबरको सामान बरामद गरी भन्सार बुझाएको तथ्यांक छ ।





  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १६:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया