आजको मौसम : हल्का वर्षा र हिमपात हुने
फाइल फोटो

हाल देशमा  दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली  रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

 सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ । त्यसैगरी   देशका अन्य भू–भागहरुमा आंशिक बदली रहनेछ ।गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार ६:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया