'लोडसेडिङ मेरै योजनामा हटेको हो, तर अरुले नै जस लिए'
एमसिसीबारे तत्काल निर्णय लिने भनाइ

बुटवल : ऊर्जा जलस्रोत तथ सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देश चुनावमा होमिएको बताएका। उनले सरकारले अस्थिताको विकाल्पका रुपमा चुनाव रोजेको भन्दै अब सबै राजनीतिक शक्ति चुनावमा जानुको विकल्प नरहेको बताए।

रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले अब सडक होइन, चुनावमा जान आन्दोलनरत दलहरुलाई आह्वान गरेका छन्। 

रायमाझीले पार्टी भित्रैबाट सरकारलाई सडकमा फालेर देशलाई अराजकतातर्फ लैजाने चलखेलबाट बचाउन सरकारले प्रतिनिधि सभा भंग गर्न बाध्य भएको जिकिर गरे। ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई सडकमा लैजाने खालको खेल सुरु भयो । माधव-प्रचण्डको गतिविधिबाट अराजकता फैलाउने र संघीय गणतन्त्र नै ध्वस्त हुने अवस्था आउने देखियो', उनले भने, 'त्यसकारण संसद विघटन गर्ने काम भयो । यो बाध्यत्मक अवस्था पनि हो।’

एमसिसीबारे तत्कालै निर्णय लिऊँ 

मन्त्री रायमाझीले मिलिनियम च्यालेन्ज करपोरेशन (एमसिसी) बारे बोल्दै यसबारेमा तत्काल निर्णय लिनुपर्ने पक्षमा आफू रहेको बताए । ‘यो एमसिसी कि खारेज गरौँ या लागू गरौँ । अलमलको अवस्थामा अब बस्नु हुँदैन', उनले भने। एमसिसीबारे गम्भीर छलफल गरेर निर्णयमा पुग्ने उनले बताए। 

ऊर्जामन्त्री रायमाझीले लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी गरेका छन्। ‘ऊर्जा संकट निवारण काल भनेर ९९ बुँदे योजना मैले तयार गरेको हुँ', उनले भने, 'त्यस कमिटीमा कुलमान घिसिडलाई पनि राखेको थिएँ। तर अन्तिम समयमा सरकार ढल्यो, त्यसको जस अर्कैले लियो।’



नेपालमा हाल ऊर्जा उत्पादन माग भन्दा बढी हुन थालेको उनले बताए । ‘हामीसँग ऊर्जा बढी हुँदै गएको छ । उपयोग गर्ने स्थिति पनि छैन। एक वर्षमा ५ सय मेगावटा थप हुने छ', उनले भने,'निर्यात गर्ने अवस्था पनि छैन। अर्को चुनैतीका रुपमा यो अवस्था आउँदैछ।' 



  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १४:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया