भारत र अस्ट्रेलियाको चौथो टेस्टको आज दोस्रो दिन चलिरहेको छ । दोस्रो दिनको दोस्रो सेसन चलिरहँदा अस्ट्रेलियाको पहिलो इनिङ सकिएर भारत पहिलो इनिङ ब्याटिङ गरिरहेको छ ।
ब्रिसबनस्थित गाब्बा मैदानमा जारी खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो ।
अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रनको स्कोर खडा गरेको छ । दोस्रो दिनको खेल सुरु हुँदा अस्ट्रेलिया ५ विकेट गुमाएर २७४ रनको अवस्थामा थियो । कप्तान टिम पाइन ३८ र युवा व्याट्यम्यान क्यामरोन ग्रीन २८ रनको अवस्थामा थिए ।
अस्ट्रेलियाका लागि मार्नस लाबुशेनले सबैभन्दा बढी १०८ को योगदान गरे । उनले २०४ बलमा ९ चौकासहित १०८ रन बनाएका हुन्। टिम पाइनले ५०, क्यामरोन ग्रीनले ४७, म्याथ्यु वेडले ४५, स्मीथले ३६ रन जोडे । त्यसैगरी बलर नाथोन लियोनले २४ रन बनाउँदा मिचेल स्टार्क २० रनका साथ नट आउट रहे ।
भारतका लागि भारतका लागि टी नटराज, वासिङटन सुन्दर र सार्दुल ठाकुरले ३–३ विकेट लिए । तीनै जना अन्य खेलाडी घाइते भएपछि चौथो टेस्मा टोलीमा समेटिएका हुन् ।
एक विकेट मोहमद सिरजले लिए ।
पहिलो इनिङ ब्याटिङ गरिरहेको भारतले यो खरब तयार पार्दासम्म १ विकेट गुमाएर ३२ रन बनाएको छ । ओपनर सुभमान गिल ७ रन बनाएर आउट भए । अर्का ओपरन रोहित शर्मा र तेजश्वर पुवारा ब्याटिङ गरिरहेका छन् ।
४ खेलको टेस्ट श्रंखलामा पहिलो टेस्ट अस्ट्रेलिया, दोस्रो भारतले जितेको थियो । तेस्रो बराबरीमा सकिएको थियो । चौथो टेस्ट जित्ने टोलीले श्रंखला आफ्नो पक्षमा पार्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।