संसद् विघटन संविधानविपरीत, तर अदालतको निर्णय स्विकार्छौं : शशांक कोइराला

कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन संसद् पुनस्थापना आवश्यक रहेको बताएका छन् । 

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार कांग्रेस देवचुलीले गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै उनले संसद् संघटनविरुद्ध अदालतमा मुद्दा परिसकेको सन्दर्भमा कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने बताए । 

सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोले संविधान रक्षा गर्न पनि कांग्रेस सडकमा आउनुपरेको उनले बताए । प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन हुने कुरामा पनि विश्वास नभएको कोइरालाले बताए ।

शनिबार कांग्रेसले पूर्वी नवलपरासीको ८ वटै पालिकामा विरोध प्रदर्शन गर्यो । गैंडाकोट, देवचुलीको दुम्कौली, कावासोती, मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयीत्रिवेणीमा विरोध प्रदर्शन भएको हो । 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १७:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया