२६६ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ६ हजार ४९२ जनाको पिसिआर परीक्षण भएकोमा २६६ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । 

यसैगरी २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९५९ पुगेको छ  ।

संक्रमण पुष्टि भएकामध्ये २ लाख ६१ हजार ४४४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ सय जना कोरोना मुक्त भएका छन् ।

आज सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको रहेको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १६:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया