भारतमा एकैदिन एक लाख ९१ हजारले लगाए कोरोनाविरुद्धको खोप

भारतमा शनिबार एक लाख ९१ हजारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना खोप कार्यक्रमको पहिलो दिन तीन हजार ३५१ सेसनमा खोप सञ्चालन गरिएको थियो । जसमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन दुवै खोपको प्रयोग गरिएको थियो ।

खोप लगाएपछि साइडइफेक्ट देखिए पनि कसैलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था नआएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । भारतको दिल्लीमा कोरोना खोप लगाएपछि केही मानिसहरुलाई एलर्जीको समस्या देखिएको थियो । साइडइफेक्ट देखिएका मानिसहरुलाई निगरानीमा राखिएको मन्त्रालयले बताएको छ । 

पहिलो चरणमा सरसफाइकर्मी, डाक्टर र नर्सहरुलाई कोरोना खोप दिइएको छ । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भएका कारण उनीहरुलाई प्राथमिकतामा राखिएको हो । 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १६:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया