भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५ लाख ५७ हजारभन्दा बढी

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आइतबारसम्म १ करोड ५ लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५ लाख ५७ हजार ९८५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १८ करोड ६५ लाख ४४ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र ७ लाख ७९ हजार ३७७  जनाको कोरोना परीक्षण गरेको जनाइएको छ । 

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १८१ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५२ हजार २७४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणअनुसार भारतमा १ करोड १ लाख ९६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । हाल भारतमा २ लाख ८ हजार ८२६ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार २९९ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोरोना सुरु भए यता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३८ को मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १७:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया