वामदेवले आफूनिकटका व्यक्तिलाई ओलीतिर पठाएर एकताको भ्रम छरे : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले आफूनजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको दाबी गरेका छन् । 

नेपालगन्जमा आइतबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतममाथि यस्तो आरोप लगाएका हुन् । 

पार्टी विभाजनपछि गौतम कुनै पनि पक्षमा खुलेका छैनन् । उनले नेकपा एकता अभियानको घोषणा गरेर आफू त्यसको संयोजक बनेका छन् । गौतम खुलेर आफू कुनै पक्षमा नलागे पनि निकटका नेता–कार्यकर्तालाई ओली पक्षमा पठाएको नेपालको आरोप छ ।   

नेता नेपालले ओली तानाशाही बन्न खोजेको आरोप लगाउँदै अहिलेसम्म उनी कम्युनिस्ट पार्टी एकताको अभियानमा कहिल्यै सहभागी नभएको दाबी गरे । 

आफूले र झलनाथ खनालले प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा पनि राजीनामा दिएको स्मरण गर्दै उनले पार्टीमा बहुमत गुमाएको अवस्थामा पनि ओलीले राजीनामा नदिएर संसद विघटन गरेको बताए । 

भेलालाई सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटीका सदस्य युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्तीलगायतले सम्बोधन गरेका थिए । 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २०:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया