अब हाम्रो जीवनको दैनिकी जोडिएको छ, इमेलसँग । अहिले नेपालमा पनि अधिकांश प्रयोगकर्ताले इमेलका लागि गुगलको जिमेल सेवा लिने गरेका छन् ।
तर, हामीले यसका विभिन्न फिचरबारे थाहा नपाएका हुनसक्छौँ । जस्तो कि, जिमेलमा कुनै पनि इमेल पठाउँदा हामीले कन्फिडेन्सियल मोडमा पठाउन सक्छौँ ।
कुनै विशेष इमेल पठाउनका लागि जिमेलमा यो सुविधा लिन सकिन्छ । एउटा निश्चित समय पछि तपाईंले जसलाई इमेल पठाउनु भएको छ, उसँग यो इमेलको एक्सेस नै नहुन पनि हुनसक्छ । यसका लािग इमेलमा एक्स्पायर डेटको फिचर लिन सकिन्छ ।
अनि यो सेटिङमा इमेल पठाउँदा त्यसलाई प्रापकले फरवार्ड पनि गर्न सक्दैनन् ।
आउनुहोस्, आज सिकौँ, कसरी यस्तो गर्ने ? यसका लागि तलका स्टेप्सहरु ध्यान दिएर पढ्नुहोलाः
१. सबैभन्दा पहिले जिमेल खोल्नुहोस् ।
२. अनि इमेल पठाउनका लागि कम्पोजमा जानुहोस् ।
३. कन्फिडेन्सियल बनाउनका लागि कम्पोज बक्सको तल भएको एउटा क्लकलक जस्तो आइकनलाई पनि क्लिक गर्नुहोस् ।
४. त्यसपछि यो इमेल कहिले एक्सपायर गर्ने हो भन्ने डेट आफूले तय गर्नुहोस् र त्यसमा पासकोड राख्नुहोस् ।
५. पासकोडका लागि तपाईंलाई दुई वटा अप्सन दिइएको हुन्छ । एउटा एसएमससहितको र अर्को एसएमएस पासकोड नभएको छ ।
६. अन्तिममा सेभ गरेर क्लिक गर्नुहोस् ।
यसरी जिमेलमा डेट एक्स्पायर हुने इमेल मोबाइलबाट पनि पठाउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।