काखमा राखेर किन प्रयोग नगर्ने ल्यापटप ? कसरी गर्ने प्रयोग ?

कोरोनाभाइरस महामारीका कारण अहिले विश्वभर मात्र होइन, नेपालमा पनि वर्क फ्रम होम चलिरहेको छ । कतिपय कम्पनीले अझै केही समय वर्क फ्रम होम चलाउन सक्ने सम्भावना पनि बढ्दै गएको छ । 

घरबाट काम गर्दा हामी धेरै ल्यापटपमा काम गरिरहेका हुन्छौँ । यसको अर्थ हो, हामी ल्यापटपलाई काखमा लिन्छौँ र घन्टौं काम गर्छौँ । तर, विशेषज्ञहरुले यसरी काम गर्न नहुने सल्लाह दिने गरेका छन् । 

काखमा ल्यापटप राखेर काम गर्दा छालामा मात्र होइन, हाम्रो प्रजनन क्षमतामा पनि कमजोरी हुने बताउने गरेका छन् । 

यसरी काम गर्दा महिलाभन्दा बढी असर पुरुषहरुमा गर्ने विभिन्न अध्ययनले देखाएका छन् । 

चिकित्सकहरुका अनुसार ल्यापटपमा वाइफाइ जोडिँदा रेडियोग्राफीका कारण यसले हामीलाई असर गर्छ । त्यसैले तत्काल नदेखिए पनि लामो समय काखमा ल्यापटप राख्दा सावधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् । 

अब प्रश्न आउँछ, आखिर कसरी प्रयोग गर्ने त ल्यापटप ?



सबैभन्दा उत्तम उपाय चाहिँ ल्यापटपलाई काखमा राखेर काम गर्नुभन्दा टेबलमा राखेर गर्नु हो । अनि ल्यापटप धेरै तातिएको छ भने पनि त्यसको प्रयोगमा केही समय रोक्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।



  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार २२:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया