आगामी सातादेखि लागु हुँदै एकद्वार प्रणाली, अन्त्य हुँदै कागजी युग

आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तरराष्ट्रिय व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली सुरु गर्न लागिएको अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा बताइयो ।

आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने भन्सार विभागले जानकारी दिएको छ ।
सुरुमा तीन विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा सरकारी र निजीक्षेत्रमा विस्तार गरिने बताइएको छ ।

एकद्वार प्रणाली सुरु भएपछि तीन वटै विभाग र मातहतका कार्यालयमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ता विभाग तथा कार्यालयमा पुगिराख्नु पर्ने छैन भने पनि पेपरवर्कको पनि अन्त्य हुने बताइएको छ । 

एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने,  कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यक्त गरे । 

एकद्वार प्रणाली कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान दिनु आवश्यक रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाइ थियो । 





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १७:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया