थप ३३६ जनालाई कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ५ हजार ३० जनाको पिसिआर परीक्षण भएकोमा ३३६ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २२६ जना कोरोना मुक्त भएका छन् ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका १९८ जना रहेका छन् । यसैगरी २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९७९ पुगेको छ  । आज सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको रहेको छ ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १६:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया