कांग्रेसले राम्रोसँग ‘कार्ड प्ले’ गरे नेपालबाट कम्युनिजम समाप्त हुन्छ : डा. शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले कांग्रेसले आफ्नो कार्ड राम्रोसँग ‘प्ले’ गरे नेपालबाट कम्युनिजम समाप्त भएर जाने बताएका छन्।
 
नेपाली कांग्रेस कैलालीले शनिबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले अब कम्युनिस्टहरु विश्वबाट नै पलायन भएर गएकाले नेपालबाट समाप्त गर्नका लागि कांग्रेसले एकजुट भएर उभिनसमेत कार्यकर्तालाई आग्रह गरे।

उनले आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले पनि पराजित गराउन नसक्ने ठोकुवा गरे। ‘वैशाखमा निर्वाचन भए नेकपा हार्ने निश्चित छ, त्यसैले ओलीले आफू हार्ने निर्वाचन गराउँदैनन्,’ महामन्त्री कोइरालाले भने, ‘वैशाख १७ र २७ मा तोकिएको निर्वाचन असम्भव छ।’ 

अहिले कम्युनिस्ट पार्टी नफुटेको भन्दै उनले भने, ‘कांग्रेसले चुनावमा जाने हो आन्दोलन गर्ने त्यो दोधारमा बस्नुहुँदैन ।’ कोइरालाले भने, ‘गिरिजाबाबुले कांग्रेसले निर्वाचन हारे पनि देश हार्नुहुँदैन भनेर निर्वाचन गराए, तर कम्युनिस्टहरु देशभन्दा आफूलाई प्राथमिकतामा राख्छन्, त्यसैले ओलीले वैशाखमा निर्वाचन गराउँदैनन् ।’

अहिले पनि नेकपा औपचारिक रुपमा फुटिनसकेको बताउँदै कोइरालाले अदालतमा चलिरहेको मुद्दा, नेकपाको आधिकारिकताको कुरालगायत कारण पनि वैशाखमा चुनाव सम्भव नदेखिएको उनले उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान कुल्चिएको बताउँदै महामन्त्री कोइरालाले संविधानको रक्षाका लागि आन्दोलन गर्नुपर्ने उल्लेख गरे।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार २१:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया