कार्बन नियन्त्रणसम्बन्धी उत्कृष्ट प्रविधिलाई १० करोड डलर दिने मस्कको घोषणा

एलन मस्कले कार्बन नियन्त्रण गर्ने प्रविधिमध्ये सबैभन्दा उत्कृष्ट प्रविधिलाई १० करोड डलर अनुदान दिने घोषणा गरेका छन् । मस्कले हालै ट्विटरमार्फत सो घोषणा गरेका हुन् । यससम्बन्धी विस्तृत जानकारी आगामी साता सार्वजनिक गर्ने बताइएको छ ।

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत मस्कले विश्वको सबैभन्दा धनी बनेको दुई सातापछि यस्तो घोषणा गरेका हुन् । मस्कको सम्पत्ति दुई खर्ब डलरभन्दा माथि छ । 

औद्योगिक क्रान्ति शुरु भएयता विश्वमा कार्बन डाइ अक्साइड उत्सर्जन बढेको छ । यसका कारण जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिलगायत समस्या बढेको भन्दै वैज्ञानिकहरुले पृथ्वीको आगामी भविष्यबारे चिन्ता व्यक्त गर्दै आएका छन् । 

समस्या समाधानका लागि भन्दै कार्बन उत्सर्जन कटौतीको लक्ष्य तय गर्नेदेखि कार्बन शुद्धीकरण गर्ने प्रविधिहरुको विकास समेत भएका छन् । तर, यस्ता प्रविधिबाट हुने शुद्धीकरण उत्सर्जनको तुलनामा निकै न्यून छ । 
 





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १३:२१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया