सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी पक्राउ

रूपन्देही प्रहरीले सामूहिक बलात्कारको आरोपमा एकजना प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ । बलात्कार भएको झण्डै तीन महिनापछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । 

जिल्लाको ट्राफिक प्रहरी कार्यालयमा दरबन्दी रहेका प्रहरी जवान विशाल शर्मा र कपिलवस्तुका गुरुशरण चौधरी पक्राउ परेका हुन् । 

रुपन्देही प्रहरीका अनुसार ट्राफिक प्रहरी जवान शर्मासहित तीन जना मिलेर एक महिलाको सामूहिक बलात्कार गरेका थिए ।

रूपन्देही प्रहरीका डिएसपी प्रदीप सिंह राठोरका अनुसार २३ कात्तिकमा बाटोमा हिँडिरहेका दिदी बहिनीलाई केरकार गरी सामूहिक बलात्कार गरेको पाइएको छ ।

प्रहरी भन्छन्, ‘रातिको ८ बजेको समयमा ती दुवै जना ‘बर्थ डे’ मनाउन गइरहेका थिए । यही दौरान सुरुमा एकजना केटाले उनीहरूसँग केरकार गर्‍यो, जुन विषयलाई लिएर दुवै जनाबीच विवाद पनि भयो । त्यसपछि अन्य आफ्ना साथीलाई बोलाएर ती केटाहरूले सामूहिक बलात्कार गरे ।’

डिएसपी राठोरका अनुसार बलात्कारपछि बहिनीको नाङ्गो फोटो खिचेर ती केटाहरूले उनीहरूलाई धम्क्याउँदै भने, ‘यो घटनाबारे केही भनिस् भने तेरो बहिनीको यो नाङ्गो तस्बिर भाइरल बनाइदिन्छौं ।’



त्यही डरका कारण दिदीबहिनीले घटना कसैलाई नबताएको प्रहरीले जनाएको छ । तर, अचानक एक जनामार्फत् त्यो नाङ्गो फोटो अभिभावकसँग पुगेपछि अभिभावकले सोधखोज गरी कारबाहीको माग गर्दै रूपन्देही प्रहरीमा जाहेरी दिएका थिए ।

अनुसन्धानपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको तथा अन्य दुई जना भारतीय रहेकाले तत्कालै पक्राउ गर्न नसकिएको जनाएको छ । 



दुवै जनामाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १४:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया