पोखरामा हुने फुटसल लिगको विजेताले १० लाख पाउने
फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले आयोजना गर्ने फुटसल ‘ए’ डिभिजन लिग आगामी वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा हुने भएको छ ।

एन्फाले सोमबार विज्ञप्ति निकाल्दै लिगका बारेमा जनकारी गराएको हो । १० टिमको सहभागिता रहने लिगमा बागमती प्रदेशबाट ४, प्रदेश–१ र गण्डकी प्रदेशबाट समान २–२, प्रदेश–२ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त छनोटबाट समान १–१ टोली रहने छन् ।

लिगका लागि प्रदेश–१ को छनोट इटहरीमा चैत १ देखि ५ गतेसम्म हुनेछ । प्रदेश–२ को छनोट हेटौंडामा चैत ८ देखि १२ गतेसम्म हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संयुक्त छनोट दाङमा चैत १९ देखि २३ गतेसम्म हुनेछ ।

बागमती प्रदेशको छनोट काठमाडौंमा चैत २५ देखि ३० गतेसम्म र गण्डकी प्रदेशको छनोट पोखरामा वैशाख ३ देखि ७ गतेसम्म सञ्चालन हुनेछ । 

एन्फाले लिग तयारीका लागि सहभागी हुने सबै टोलीलाई १–१ लाख उपलब्ध गराउनेछ ।

लिग विजेताले १० लाख, उपविजेताले ५ लाख प्राप्त गर्दा विधागत रूपमा उत्कृष्ट हुनेले जनही २५–२५ हजार पाउनेछन् । 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १५:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया